साविकमा नेपाल अधिराज्यको पुर्वाञ्चल विकास क्षेत्र अन्तर्गत पर्ने सगरमाथा अञ्चलको पाँच पहाडी जिल्लाहरु मध्येको एक सोलुखम्बु जिल्लाका तीनवटा गाउँ विकास समितिहरु काँकु, वाकु र बासा पुरै एवम् जुभिङ गाउँ विकास समितिको वडा नम्बर २,३,४ र ६ को संयोजन भई हाल कोशी प्रदेश अन्तर्गतका स्थानीय तहरुहरु मध्ये माप्य दुधकोशी गाउँपालिका २०७३।११।२२ गते गठन भएको हो । भौगोलिक रुपमा विकट र दुर्गम भएता पनि माप्य दुधकोशी गाउँपालिकाको पर्यटकीय, व्यवसायिक, साँस्कृतिक, वातावरणीय लगायतका विभिन्न बहुआयामिक सम्भावना र पक्षहरु महत्वपूर्ण पहिचानको रुपमा रहेको छ । विभिन्न जातजातिहरु बीचको सामाजिक, साँस्कृतिक र धार्मिक सहिष