नेपाल सरकारका माननीय उप-प्रधान तथा अर्थ मन्त्री श्री बिष्णु प्रसाद पौडेल ज्यूको प्रमुख आतित्थ्य तथा माननीय रक्षा मन्त्री श्री मानविर राई ज्यूको विशिष्ट आतित्थ्यमा माप्य दुधकोशी गाउँपालिकाद्वारा आयोजित पहिलो गाउँपालिका अध्यक्ष कप भलिबल र १५ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८१ उद्घाटन समारोह सम्पन्न भएको छ ।
साविकमा नेपाल अधिराज्यको पुर्वाञ्चल विकास क्षेत्र अन्तर्गत पर्ने सगरमाथा अञ्चलको पाँच पहाडी जिल्लाहरु मध्येको एक सोलुखम्बु जिल्लाका तीनवटा गाउँ विकास समितिहरु काँकु, वाकु र बासा पुरै एवम् जुभिङ गाउँ विकास समितिको वडा नम्बर २,३,४ र ६ को संयोजन भई हाल कोशी प्रदेश अन्तर्गतका स्थानीय तहरुहरु मध्ये माप्य दुधकोशी गाउँपालिका २०७३।११।२२ गते गठन भएको हो । भौगोलिक रुपमा विकट र दुर्गम भएता पनि माप्य दुधकोशी गाउँपालिकाको पर्यटकीय, व्यवसायिक, साँस्कृतिक, वातावरणीय लगायतका विभिन्न बहुआयामिक सम्भावना र पक्षहरु महत्वपूर्ण पहिचानको रुपमा रहेको छ । विभिन्न जातजातिहरु बीचको सामाजिक, साँस्कृतिक र धार्मिक सहिष